२०८२ माघ ७ गते बुधवार
लघुवित्तहरुविरुद्धको आन्दोलन बढ्दै गएको छ। पछिल्लो समय देशका अन्य भाग चलिरहेको आन्दोलन अब काठमाडौं पनि छिरेको छ।
मंगलबार काठमाडौंको माइतीघर मण्डलक्षेत्रलाई केन्द्र बनाएर हजारौँले लघुवित्तविरुद्ध आन्दोलन चर्काए। देशका विभिन्न जिल्लाबाट खाली खुट्टै र चप्पल लगाएर काठमाडौं आइपुगेकाहरु प्लेकार्ड र ब्यानरसहित सडकमा उत्रिएका हुन्।
आन्दोलनमा सहभागी केही नेपालको राष्ट्रिय झन्डासमेत बोकेका थिए। उनीहरुले लघुवित्ताहरुलाई नवसामन्ती भन्दै खारेजी माग गरेका छन्। त्यसैगरी लघुवित्तहरुले लगाएको ऋण पनि सामूहिक रुपमा मिनाहा गरिनुपर्ने माग राखेका छन्।
लघुवित्तपीडितहरु सडकमा उत्रिँदा काठमाडौंको माइतीघर, बानेश्वर, थापाथली, सिंहदरबारसहितका क्षेत्रको सडक पनि अस्तव्यस्त भएको थियो।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij