२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले माघ १३ गते (मंगलवार) देखि विक्री खुला गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने फागुन ३ गते आज अन्तिम दिन रहेको छ ।
कम्पनीले रू १०० अंकित दरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । १ बराबर १ को अनुपातमा जारी गरिएको यो हकप्रद शेयरमा नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा पुस २८ गतेसम्म कारोबार भई कायम साविक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्तापूँजी रु ६ करोड ५६ लाख १६ हजार ९०० रहेको छ भने हकप्रदपश्चात यो पूँजी रु १३ करोड १२ लाख ३३ हजार ८०० पुग्नेछ ।
कम्पनकिो हकप्रद शेयर विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापीटल लिमिटेड रहेको छ । यस कम्पनीले शतप्रतिशत हकप्रद शेयरपछि फेरी २०० प्रतिशत हकप्रद शेयर विक्री गर्ने तयारी गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij