Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

बैंकहरूलाई समस्या आए राष्ट्र बैंकले कर्जा सापटी दिने

बैंकहरूलाई समस्या आए राष्ट्र बैंकले कर्जा सापटी दिने


  • 2.2K
    Shares

    बैंकहरूलाई समस्या आए राष्ट्र बैंकले कर्जा सापटी दिने

    बजारमा ऋणिसँगको टसल र आर्थिक मन्दीका कारण बैंक तथा वित्तिय संस्थालाई समस्या आईलाग्न थालेपछि नेपाल राष्ट्र बैंकले नयाँ नीति लिने भएको छ।

    ‘नेपाल राष्ट्र बैंक अन्तिम ऋणदाता सम्बन्धी नीतिगत व्यवस्था, २०६७’ लाई खारेज गर्दै ‘नेपाल राष्ट्र बैंक अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९’ जारी गरेर बैंकलाई समस्याग्रस्त हुनबाट जोगाउने तयारी थालेको छ ।

    यस विनियमावलीले इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था आर्थिक सङ्कटमा परेर टाट पल्टिने स्थिति आए केन्द्रीय बैंकले अन्तिम ऋणदाताको रूपमा कर्जा सापटी दिएर बचाउने छ ।

    पछिल्लो समय विश्वमा नै आर्थिक मन्दी देखिएको छ । जसले गर्दा अमेरिकाका दुईवटा बैंक टाट पल्टिने अवस्थामा पुगेका छन्।

    नेपाल राष्ट्र बैंक अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९ को मूल उद्देश्यमा भनिएको छ, ‘इजाजतपत्र प्राप्त संस्थाले अन्तर बैंक बजार, दैनिक तरलता सुविधा, खुल्ला बजार कारोबार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसकी तत्कालको दायित्व पूरा गर्न असमर्थ भई प्रणालीगत जोखिम सिर्जना हुने र बैंकिङ प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयतामा कमी आउन सक्ने जोखिम देखिएमा अन्तिम ऋणदाताको रूपमा राष्ट्र बैंकले आवश्यक ऋण प्रदान गरी वित्तीय स्थायित्व कायम गर्नु यो विनियमावलीको उद्देश्य हुनेछ ।’

    प्रकाशित मिति :फाल्गुण २९ २०७९ सोमवार - १३:२१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij