Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

सिटिजन्स बैंक र आवरण स्किन एन्ड हेयर क्लिनिकबीच सम्झौता

सिटिजन्स बैंक र आवरण स्किन एन्ड हेयर क्लिनिकबीच सम्झौता


  • 1.9K
    Shares

    सिटिजन्स बैंक र आवरण स्किन एन्ड हेयर क्लिनिकबीच सम्झौता
    images

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गको आवरण स्किन एन्ड हेयर क्लिनिकबीच बैंकका कार्डवाहक ग्राहकलाई छुट दिने समझदारी भएको छ । सिटिजन्स बैंकका कार्डवाहकले आवरण स्किन क्लिनिकमा १० प्रतिशतसम्मको छुट पाउने सम्झौता भएको हो । 

    यो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने बैंकले विश्वास व्यक्त गरेको छ ।

    बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको जनाएको छ । हाल बैंकले देशभरमा एक सय ८२ शाखा, एक सय ३४ एटिएम र ९७ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको जनाएको छ । 

    प्रकाशित मिति :फाल्गुण २९ २०७९ सोमवार - १२:१७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij