Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

आफूसँगै जेल जीवन बिताएका साथीहरुलाई राष्ट्रपतिले शपथमा बोलाए

आफूसँगै जेल जीवन बिताएका साथीहरुलाई राष्ट्रपतिले शपथमा बोलाए


  • 2.0K
    Shares

    आफूसँगै जेल जीवन बिताएका साथीहरुलाई राष्ट्रपतिले शपथमा बोलाए

    नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफूसँग जेल जीवन बिताएका व्यक्तिहरुलाई शपथ ग्रहण समारोहमा बोलाएका छन्। 

    उनले पञ्चायती शासन व्यवस्थामा जेल पर्दा आफूसँगै रहेका व्यक्तिहरुलाई राष्ट्रपति भवन शीतल निवासमा सोमबार दिउँसो १ बजे हुन गइरहेको शपथ ग्रहण समारोहमा अतिथिका रुपमा बोलाएका हुन्।   

    इन्दु शर्मा, गोविन्द कँडेल, रघुपति शर्मालाई शपथ ग्रहणमा आमन्त्रण गरिएको राष्ट्रपति पौडेलका सहयोगीले बताएका छन्। 

    ‘इन्दु शर्मा, गोविन्द कँडेल, रघुपति शर्मासँगै जेल बसेका मान्छे हुन्,’ उनका एक सहयोगीले भने, ‘उहाँहरुलाई शपथ ग्रहण समारोहमा बोलाएका छौँ।’ उनले पौडेल बागलुङ जेलमा बस्दा दूध पुर्याउने डिलप्रसाद सापकोटालाई पनि बोलाइएको जानकारी दिए। 

     

    प्रकाशित मिति :फाल्गुण २९ २०७९ सोमवार - १२:१४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij