Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

कलाकार संघको निर्वाचन: अभिनेत्री रेजिना उप्रेती र निर्देशक मोहन निरौलाबीच प्रतिस्पर्धा

कलाकार संघको निर्वाचन: अभिनेत्री रेजिना उप्रेती र निर्देशक मोहन निरौलाबीच प्रतिस्पर्धा


  • 3.2K
    Shares

    कलाकार संघको निर्वाचन: अभिनेत्री रेजिना उप्रेती र निर्देशक मोहन निरौलाबीच प्रतिस्पर्धा

    आगामी चैत ४ गते चलचित्र कलाकार संघको निर्वाचन हुँदै छ। संघको नेतृत्वका लागि अभिनेत्री रेजिना उप्रेती र निर्देशक मोहन निरौलाबीच प्रतिस्पर्धा हुने भएको छ।

    अध्यक्ष पदका लागि शनिबार निरौला र उप्रेतीले उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि अध्यक्षमा उठ्ने बताइरेका सविन श्रेष्ठ भने पछि हटेका छन्। 

    सात जनाले उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। धनबहादुर बम्जन (डीबी), कविता गेलाल, शिवहरि नेपाल, सरिता गिरी, पवनप्रसाद खतिवडा, तेजकुमारी खतिवडा र विष्णुप्रसाद रिजालले उपाध्यक्षका लागि उम्मेदवारी दिएका हुन्।

    महासचिव पदका लागि ५ जनाको उम्मेदवारी परेको छ। सञ्जय खतिवडा, धर्मानन्द आचार्य, सविन श्रेष्ठ, पनाह अधिकारी र उत्तम केसीले महासचिव पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। सचिवमा रामेश्वर बुर्लाकोटी र जीवन थापाले उम्मेदवारी दिएका छन्। 

    कोषाध्यक्षमा विनोदकुमार भट्टराई र सुनिल कटुवालको उम्मेदवारी परेको छ भने सह–कोषाध्यक्षमा रोहित रुम्बा र पवित्रा आचार्यले मनोनयन दर्ता गराएका छन्। 

    सदस्य पदमा २६ जनाले उम्मेदवारी दिएका छन्। चलचित्र कलाकार संघ फिल्म अभिनयमा संलग्न कलाकारको छाता संस्था हो।

    प्रकाशित मिति :फाल्गुण २८ २०७९ आइतवार - १५:०७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij