२०८२ माघ १४ गते बुधवार
नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यालयमा तीनवटा ताला लगाइएको छ। असन्तुष्ट पक्षहरुले ढोकामा एक प्रेस विज्ञप्ति टाँस्दै तीनवटा ताला लगाएका छन्।
अध्यक्ष दुजाङ शेर्पाले संगठनको मर्यादा विपरीत तालमेल गरेको, अराजक गुटको खेती गरेको, टिकट वितरणमा मनोमानी गरेको भन्दै असन्तुष्ट पक्षले तालाबन्दी गरेको हो।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपालाई बोधार्थ लेख्दै अध्यक्ष शेर्पालाई तत्काल अपदस्त गर्नसमेत माग गरिएको छ। नेविसंघभित्रको असन्तुष्टिकै कारण नेपाल ल क्याम्पस, त्रिभुवन विश्वविद्यालयमा बागी उम्मेदवारीसमेत परेको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij