Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

नौ दलीय गठबन्धनको कार्यदलको बैठक निष्कर्षविहीन, भोलि फेरि बैठक बस्ने

नौ दलीय गठबन्धनको कार्यदलको बैठक निष्कर्षविहीन, भोलि फेरि बैठक बस्ने


  • 2.5K
    Shares

    नौ दलीय गठबन्धनको कार्यदलको बैठक निष्कर्षविहीन, भोलि फेरि बैठक बस्ने
    images

    उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन भन्दै बसेको नौ दलीय गठबन्धनको कार्यदलको बैठक बिनानिष्कर्ष टुंगिएको छ । सिंहदरवारमा शुक्रबार अपरान्ह बसेको कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको बैठकले उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन नसकेको हो ।

    भोलि शनिबार उम्मेदवार मनोनयन गर्नुपर्ने चुनावी तालिका रहेकाले आजै वा भोलि बिहान पुनः कार्यदलको बैठक बस्नेगरी बिहीबार बिनानिष्कर्ष टुंगिएको हो । निर्वाचन आयोगले खसआर्य समुदायका व्यक्ति र पुरुषलाई उपराष्ट्रपति बनाउन नमिल्ने बताएपछि गठबन्धनमा अन्योल देखिएको छ ।

    बिहीबार कार्यदलको बैठक बसिरहेका बेला कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले फोन गरेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग उपराष्ट्रपतिको उम्मेदवारबारे चासो जानकारी लिएका थिए । 

    जवाफमा थपलियाले उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने जानकारी गराए । पुरुष उम्मेदवार बन्न नपाउने भएपछि कार्यदलको बैठक पुनः बस्नेगरी टुंगिएको हो ।

    आठदलीय गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने तयारी थियो भने नागरिक उन्मुक्ति र जनमतले पनि उपराष्ट्रपतिमा दाबी गरेका छन् ।

    प्रकाशित मिति :फाल्गुण २६ २०७९ शुक्रवार - १६:५४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij