Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

ममता झालाई उपराष्ट्रपतिमा उठाउने जनमत पार्टीको निर्णय

ममता झालाई उपराष्ट्रपतिमा उठाउने जनमत पार्टीको निर्णय


  • 1.8K
    Shares

    ममता झालाई उपराष्ट्रपतिमा उठाउने जनमत पार्टीको निर्णय
    images

    काठमाडौं । जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति उठाउने भएको छ । जनमत पार्टीले उपराष्ट्रपति आफूले पाउनु पर्ने दावी गर्दै झाको नाम अघि सारेको नेता विपी साहले जानकारी दिए ।

    सदभावना पार्टीबाट राजनीति सुरु गरेकी ५३ वर्षीय  झा जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज छिन् । उनी स्थानीय तह चुनावमा राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार थिइन् ।

    उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी जसपा नेपालले पनि दाबी गर्दै आएको छ । उसले बारा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    यस्तै नागरिक उन्मुक्ति पार्टीले पनि उपराष्ट्रपति आफूले पाउनु पर्ने भन्दै उमेर नै नपुगेकी रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

     

    प्रकाशित मिति :फाल्गुण २६ २०७९ शुक्रवार - १६:२०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij