Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै‚ उपराष्ट्रपति निर्वाचनबारे छलफल हुने

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै‚ उपराष्ट्रपति निर्वाचनबारे छलफल हुने


  • 2.0K
    Shares

    सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै‚ उपराष्ट्रपति निर्वाचनबारे छलफल हुने
    images

    उपराष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र नेतृत्वको १० दलीय गठबन्धन कार्यदलको बैठक बस्दै छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलमा सबै दलका दोस्रो तहका नेताहरू सदस्य छन् ।

    संयोजक खड्काले उपराष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न कार्यदलको बैठक बोलाएका छन् । बैठक शुक्रबार दिउँसो २ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्नेछ ।

    गठबन्धनबाट राष्ट्रपतिमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा निर्णय भइसकेको छैन । बैठकमा उपराष्ट्रपतिको उम्मेदवार चयन, मनोनयन दर्ता र निर्वाचनको तयारीका विविध विषयमा छलफल हुने नेताहरूले बताएका छन् । ३ चैतमा हुने उपराष्ट्रपतिको निर्वाचनकालागि आयोगले शनिबार उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

    यसअघि बिहीबार भएको राष्ट्रपति निर्वाचनमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएका छन् ।

    प्रकाशित मिति :फाल्गुण २६ २०७९ शुक्रवार - १३:५६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij