Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

प्रधानमन्त्री दाहाल र बेलायती विदेशराज्यमन्त्रीबीच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री दाहाल र बेलायती विदेशराज्यमन्त्रीबीच शिष्टाचार भेटवार्ता


  • 2.0K
    Shares

    प्रधानमन्त्री दाहाल र बेलायती विदेशराज्यमन्त्रीबीच शिष्टाचार भेटवार्ता
    images

    बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेकी छिन् ।

    विदेशराज्यमन्त्री ट्रेभेलियनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई भेटेकी हुन् । भेटमा आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा चर्चा भएको काठमाडौंस्थित बेलायती राजदूतावासले जनाएको छ ।

    नेपाल–बेलायत मैत्री सन्धि–१९२३ एक सय वर्ष पुगेको उपलक्ष्यमा राज्यमन्त्री ट्रेभेलियनलको नेपाल भ्रमण भएको हो । यस क्रममा उनले अरुण तेस्रो परियोजना पनि अवलोकन गरेकी थिइन् । उक्त विद्युत परियोजनामा बेलायतले लगानी बोर्डमार्फत् आर्थिक लगानी गरेको छ ।

    राज्यमन्त्री ट्रेभेलियनलको भ्रमणको दौरान सन्धि एक सय वर्ष पुगेको उपलक्ष्यमा नेपालस्थित बेलायती दूतावासले बिहीबार एक कार्यक्रमसमेत आयोजना गरेको थियो । साथै उनी काठमाडौंकी उपमेयर सुनिता डंगोलसँग सम्पदा भ्रमणसमेत गरेकी थिइन् ।

    प्रकाशित मिति :फाल्गुण २६ २०७९ शुक्रवार - १२:१०:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij