Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

स्ववियु निर्वाचनका लागि आज मनोनयनपत्र वितरण हुँदै

स्ववियु निर्वाचनका लागि आज मनोनयनपत्र वितरण हुँदै


  • 1.9K
    Shares

    स्ववियु निर्वाचनका लागि आज मनोनयनपत्र वितरण हुँदै

    त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारलाई मनोनयनपत्र वितरण गरिँदै छ।

    त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका लागि मनोनयनपत्र वितरण गर्न लागिएको हो। 

    देशभरिका सबै क्याम्पसमा आज मनोनयनपत्र विवरण गरिने उनले जानकारी दिए। 

    निर्वाचन कार्यतालिकाअनुसार विद्यार्थी सङ्गठनले शनिबार  बिहान ११ देखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन्। 

    देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुने तय भएको छ। रासस

    प्रकाशित मिति :फाल्गुण २६ २०७९ शुक्रवार - ११:०६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij