Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

पशुपतिमा जलहरीका लागि ६४ किलो सुन पगालियो

पशुपतिमा जलहरीका लागि ६४ किलो सुन पगालियो


  • 9.3K
    Shares

    • images
    पशुपतिमा जलहरीका लागि ६४ किलो सुन पगालियो
    images

    विश्वसम्पदा सूचीमा सूचीकृत र हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको शिवलिंगमा राखिएको जलहरीमा ६४ किलो सुन पलागलिएको छ ।

    चाँदीको पुरानो जलहरी परिवर्तन गर्ने विवाद चलिरहेको बेला त्यसलाई सुनमा परिणत गरिएको हो । तीन दिनयता सुन पगालेर लेपन गर्ने कार्य भइरहेको कोषले जनाएको छ । जलहरी फेर्न कोषद्वारा १० जना कालीगढ खटाइएको छ । जलहरी बनाउन १ सय ८ किलो सुन प्रयोग हुने बताइएको छ । उक्त सुन पगालेर जलहरीको आकार तयार हुनेछ ।

    कोषका कार्यकारी सचिव घनश्याम खतिवडाले एक सातामा सुनको जलहरी तयार हुने बताए । यता, सुनको जलहरी राख्ने कार्यको विरोध पनि हुँदै आएको छ । मन्दिरकै पुजारी र स्थानीयले पुरानैलाई कायम राख्नुपर्ने माग उठाउँदै आएका छन् । उनीहरुले पुरानो जलहरी हटाउन नहुने धारणा राख्दै आएका छन् । पुरानोलाई निकालेर नयाँ राख्नु प्राचीन स्मारक ऐन शैव दर्शनविपरीत मानिन्छ । आजको नागरिक दैनिकमा समाचार छ ।

    प्रकाशित मिति :फाल्गुण ३ २०७७ सोमवार - ०९:५९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij