२०८२ मंसिर ५ गते शुक्रवार
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई भेटेका छन् ।
राजदूत सोङले आज महानगरको कार्यालमा रहेको मेयरको कार्यकक्षमा पुगेर भेटवार्ता गरेका हुन् ।
सो क्रममा उनीहरुले सहरी विकासको सहकार्यबारे छलफल गरेको बताईएको छ । यसअघि अमेरिकी राजदूतले पनि मेयर साहसँग भेटवार्ता गरेका थिए ।
भेटका क्रममा राजदूत सङले आफूले नेपाललाई बलियो र समृद्ध भएको हेर्न चाहेको बताए । कुराकानीमा विद्युतीय सवारीसाधनको प्रयोग, विद्युतीय सवारीसाधन सञ्चालनका लागि चाहिने चार्जिङ स्टेसनलगायत सहरी व्यवस्थापनका विषयमा समेत छलफल भएको बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij