Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

यी हुन् राष्ट्रपति निर्वाचनमा मत नदिने संघीय सांसदहरु

यी हुन् राष्ट्रपति निर्वाचनमा मत नदिने संघीय सांसदहरु


  • 1.8K
    Shares

    यी हुन् राष्ट्रपति निर्वाचनमा मत नदिने संघीय सांसदहरु
    images

    काठमाडौँ । नयाँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ। कुल आठ सय ८२ मतदाता रहेको राष्ट्रपति निर्वाचनमा कुल आठ सय ३१ मत खसेको छ।

    सङ्घतर्फ तीन सय १३ र प्रदेशतर्फ पाँच सय १८ मत खसेको सहायक निर्वाचन अधिकृत अमृता शर्माले जानकारी दिइन्।

    शर्माका अनुसार प्रदेशतर्फ ३२ जना सदस्यले निर्वाचन प्रक्रियामा भाग लिएका छैनन्। जसमा राप्रपाका २८, नेमकिपाका तीन र जसपाका एक प्रदेश सांसद निर्वाचन प्रक्रियामा सहभागी भएनन्।

    राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल मैदानमा छन्।

    प्रकाशित मिति :फाल्गुण २५ २०७९ बिहिवार - १६:३२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij