Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

राष्ट्रपति निर्वाचनः सकियो मतदान, विजयीलाई आजै प्रमाणपत्र दिने निर्णय

राष्ट्रपति निर्वाचनः सकियो मतदान, विजयीलाई आजै प्रमाणपत्र दिने निर्णय


  • 2.3K
    Shares

    राष्ट्रपति निर्वाचनः सकियो मतदान, विजयीलाई आजै प्रमाणपत्र दिने निर्णय
    images

    राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ। बिहान १० बजे शुरू भएको मतदान दिउँसो पौने ३ बजे सकिएको हो।

    राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा मतदान सकिएसँगै मतगणना कार्य शुरू गर्ने र साँझ ७ बजेभित्र मतपरिणाम घोषणा गर्ने गरी तयारी गरिएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।

    निर्वाचनमा संघीय सांसदको १ मत बराबर ७९ र प्रदेशसभा सदस्यको १ मत बराबर ४८ मतभार कायम गरिएको छ । राष्ट्रपति निर्वाचनमा संघीय संसद्का ३१३ जनाले भाग लिएका छन्। ​प्रदेशसभा सदस्य ५५० मतदाता छन्। तर ५१८ जनाले मात्र मतदान गरेका छन्। 

    निर्वाचन आयोगले आजै विजयी उम्मेदवारलाई प्रमाणपत्र दिने निर्णय गरेको छ । आयोगले आज राष्ट्रपति पदको उम्मेदवारका प्रतिनिधिसँग छलफल गरेको थियो ।

    ७ जनाले पाएनन् मतदान प्रक्रियामा भाग लिन

    राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभाका भने ७ जना सांसदले विभिन्न कारणले भोट दिए पाएनन् । बिरामी, निलम्बन, मुद्दा, तटस्थ र रिक्तता र मृत्युका कार उनीहरूले भोट दिन नपाएका हुन् ।

    नागरिकता प्रकरणमा सांसद पद खारेज भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले भोट दिन पाएनन् ।

    प्रतिनिधिसभामा गुल्मीबाट जितेका चन्द्र भण्डारी आगलागीमा परी घाइते भएपछि भारतको मुम्बईमा उपचाररतः छन् । यसैले पनि उनले पनि मतदान गर्न पाएनन् । माओवादी सांसद वर्षमान पुन पनि बिरामी भएका कारण चीनमा उपचाररत छन् ।

    जसपाकी सांसद शहनाज रहमानको मृत्यु भएको थियो । एमालेका सांसद लक्ष्मी कोइरीलाई मुद्दा लागेकाले मतदान गर्न पाएनन् ।

    मनाङबाट चुनाव जितेको कांग्रेस सांसद टेकबहादुर गुरुङलाई पनि मुद्दा लागेकाले उनले पनि भोट दिन पाएनन् ।

    नेमकिपाका सांसद प्रेम सुवाल भने भोट नदिई तटस्थ बसेका छन्। यसैगरी राप्रपाका १४ सांसद राष्ट्रपति निर्वाचनमा सहभागी नै भएनन् ।

    प्रकाशित मिति :फाल्गुण २५ २०७९ बिहिवार - १५:११:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij