Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

राष्ट्रपति निर्वाचन: मतगणनाबारे यस्ता छन् आयोगका ७ निर्णय

राष्ट्रपति निर्वाचन: मतगणनाबारे यस्ता छन् आयोगका ७ निर्णय


  • 2.1K
    Shares

    राष्ट्रपति निर्वाचन: मतगणनाबारे यस्ता छन् आयोगका ७ निर्णय
    images

    राष्ट्रपति निर्वाचनको मतगणनाका विषयमा निर्वाचन अधिकृतको कार्यालयले ७ निर्णय गरेको छ । मतगणनाका विषयमा राष्ट्रपति पदका उम्मेदवारका प्रतिनिधिहरूसँग १ बजे छलफल गरेको आयोगले ७ निर्णय गरेको हो । 

    बैठकमा सहभागी राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङका प्रतिनिधि महेश बर्तौलाले सात निर्णय भएको जानकारी दिए ।

    बैठकमा राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृत महेश शर्मा पौडेल, राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेलका प्रतिनिधि रमेश लेखक र नेम्वाङका प्रतिनिधि बर्तौला लगायतको उपस्थिति थियो ।

    यस्ता छन् राष्ट्रपति उम्मेदवारका प्रतिनिधिहरूसँग निर्वाचन आयोगको मतगणनासम्बन्धी बैठकले गरेका निर्णय :

    • दिउँसो ४ बजेदेखि मतगणना सुरु हुने
    • स्वस्तिक छाप नभएको मत बदर हुने
    • सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्ने, अन्यथा बदर
    • संघीय संसद् र प्रदेश सभाको अलगअलग मतगणना हुने
    • मतगणनामा राष्ट्रपति उम्मेदवारका निर्वाचन प्रतिनिधि र एक-एक जना गणना प्रतिनिधि रहने
    • मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने
    • मतगणनापश्चात विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र वितरण गरिने

    प्रकाशित मिति :फाल्गुण २५ २०७९ बिहिवार - १४:५५:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij