२०८२ मंसिर ५ गते शुक्रवार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ शुक्रबारका लागि सरेको छ। बिहीबारका निर्धारित पेसी हेर्न नभ्याउने हुँदै शुक्रबारका लागि सरेको हो।
बिहीबार न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको थियो। न्यायाधीश श्रेष्ठ र अनिलकुमार सिन्हाको संयुक्त इजलास नसकिएकाले प्रधानमन्त्रीबिरुद्धको पेसी शुक्रबारका लागि सरेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ।
अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीलगायतले प्रधानमन्त्रीविरुद्ध फौज्दारी अभियोगमा रिट दायर गरेका थिए। तीन वर्षअघि एक सार्वजनिक कार्यक्रममा प्रचण्डले माओवादी युद्धमा मारिएकामध्ये ५ हजारको जिम्मा आफूले लिने बताएका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij