Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

अभिनेत्री सुरक्षा पन्तले गरिन् विवाह

अभिनेत्री सुरक्षा पन्तले गरिन् विवाह


  • 3.7K
    Shares

    अभिनेत्री सुरक्षा पन्तले गरिन् विवाह

    अभिनेत्री सुरक्षा पन्तले विवाह गरेकी छन्। उनले अभिनेता मानव सुवेदीसँग विवाह गरेकी हुन्। सुरक्षाले सामाजिक सञ्जालमा बिहेको तस्बिर सार्वजनिक गरेकी छन्। 

    ‘शुभविवाह,’ उनले लेखेकी छन्। उनीहरूले नजिकका आफन्त र साथीभाइको उपस्थितिमा विवाह गरेका हुन्। उनीहरूको विवाह समारोह चितवनको सौराहामा भइरहेको छ।

    मानवले फिल्म 'अन्तराल' र 'चिनी कम रङ कडा' मा अभिनय गरेका छन्। यतिबेला उनी छोटा फिल्म निर्देशन गर्दैछन्।

    सुरक्षा पन्त अभिनीत फिल्म ‘बहाव’ चैत २४ गतेदेखि प्रदर्शन हुँदैछ। प्रमोद कँडेल लिखित तथा निर्देशित फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायत कलाकारको अभिनय छ।

    त्यस्तै उनी अभिनीत फिल्म ‘बुलाकी’ वैशाख १ गतेदेखि प्रदर्शन हुँदैछ। लक्ष्मण सुनारको निर्देशन गरेको फिल्म ‘बुलाकी’ जारी प्रथामा आधारित छ। 

    टोपेन्द्र विष्टले निर्माण गरेको फिल्ममा सुरक्षा पन्तसँगै नरेन खड्का, विराज विष्ट, रमेश बुढाथोकी, प्रकाश कँडेल, कुलदीप अधिकारी, सुशिल पोखरेल, लक्ष्मी गिरी, सोनु सेढाई, सरस्वती खत्रीलगायत कलाकारको अभिनय छ। फिल्मलाई शिव ढकालले खिचेका हुन्।

    प्रकाशित मिति :फाल्गुण २५ २०७९ बिहिवार - १४:३७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij