Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

प्रधानमन्त्रीविरुद्ध रिटमा आजै सुनुवाइ हुने सम्भावना कम

प्रधानमन्त्रीविरुद्ध रिटमा आजै सुनुवाइ हुने सम्भावना कम


  • 1.4K
    Shares

    प्रधानमन्त्रीविरुद्ध रिटमा आजै सुनुवाइ हुने सम्भावना कम
    images

    द्वन्द्वपीडितले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आजै सुनुवाइ हुने सम्भावना कम भएको छ।

    न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा उक्त रिट आजका लागि पेसी तोकिएको भए पनि श्रेष्ठको इजलास यो खबर लेख्दासम्म बसेको छैन। श्रेष्ठ अर्को संयुक्त इजलासमा छन्। त्यो इजलासमा सुनुवाइ भइरहेको छ। 

    न्यायाधीश श्रेष्ठकै नेतृत्वमा अनिलकुमार सिन्हासँग अर्को संयुक्त इजलास गठन भएको छ। श्रेष्ठ र सिन्हाले अहिले उक्त इजलासमा सुनुवाइ गरिरहेका छन्। श्रेष्ठको इजलास खाजा समय साढे २ बजेपछि बसे पनि प्रचण्डको रिटमा सुनुवाइ हुने सम्भावना कम छ। यो रिट चौथो नम्बरमा छ। 

    प्रचण्डविरुद्ध द्वन्द्वपीडित ज्ञानेन्द्रराज आरनसहित र  चिरञ्जीवीवास गिरीसहितले छुट्टाछुट्टै रिट दायर गरेका छन्। 

    सर्वोच्च प्रशासनले दरपीठ गरेको रिट न्यायाधीशको आदेशले गत मंगलबार दर्ता भएको थियो। रिटमा प्रचण्डले दिएको अभिव्यक्तिका आधारमा उनलाई पक्राउ गरेर ज्यान मुद्दाको कसुरमा कारबाही गर्न माग गरिएको छ।

    प्रचण्डले २०७६ माघ १ गते सशस्त्र द्वन्द्वमा मारिएकामध्ये ५ हजार जनाको जिम्मा आफूले लिने अभिव्यक्ति दिएका थिए। 

     

    प्रकाशित मिति :फाल्गुण २५ २०७९ बिहिवार - १४:१८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij