Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ऋण नतिरी बस्नेलाई राष्ट्र बैंकले ल्यायो यस्तो थप सहुलियत

ऋण नतिरी बस्नेलाई राष्ट्र बैंकले ल्यायो यस्तो थप सहुलियत


  • 11.7K
    Shares

    ऋण नतिरी बस्नेलाई राष्ट्र बैंकले ल्यायो यस्तो थप सहुलियत

    काठमाडौं । ऋण नतिरी बस्नेलाई कोरोना प्रभावित भएको भन्दै नेपाल राष्ट्र बैंकले थप सहुलियत दिने भएको छ ।

    ऋण नतिर्ने र  कर्जाको पुनर्तालिकीकरण पनि नगरेका  व्यवसायीलाई थप सहुलियतको व्यवस्था गरेको हो । अब ०७८ असार मसान्तसम्ममा बक्यौता ब्याजको ५ प्रतिशत तिरेर कर्जाको पुनर्तालिकीकरण गर्न सकिने  राष्ट बैंकले जनाएको छ ।  यसअघि ०७७ पुस मसान्तसम्ममा बक्यौता ब्याजको १० प्रतिशत तिरेर पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था थियो ।

    राष्ट बैंकले आज आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । सो समिक्षामा सहुलियतको व्यवस्था गरेको हो ।  राष्ट्र बैंकले कर्जा पुनर्तालिकीकरणको समय ६ महिनाले बढाएको छ भने तिर्नुपर्ने बक्यौता ब्याजलाई यसअघिको व्यवस्थाभन्दा आधा गरिदिएको छ ।

    प्रकाशित मिति :फाल्गुण २ २०७७ आइतवार - २०:२०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij