Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

राष्ट्रपति पदका उम्मेदवार पौडेल र नेम्वाङ नयाँबानेश्वरमा, गरे एकअर्काको प्रशंसा

राष्ट्रपति पदका उम्मेदवार पौडेल र नेम्वाङ नयाँबानेश्वरमा, गरे एकअर्काको प्रशंसा


  • 1.7K
    Shares

    राष्ट्रपति पदका उम्मेदवार पौडेल र नेम्वाङ नयाँबानेश्वरमा, गरे एकअर्काको प्रशंसा
    images

    संघीय संसद भवन नयाँबानेश्वरमा अहिले राष्ट्रपतिको निर्वाचन चलिरहेको छ। राष्ट्रपतिका लागि संघीय सांसद र प्रदेशसभा सदस्यहरुले बिहान १० बजेदेखि मतदान गरिरहेका छन्।

    निर्वाचनका क्रममा मतदान चलिरहँदा दुई उम्मेदवारहरु रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले एकअर्काको प्रशंसा गरेका छन्। 

    पौडेलले नेम्वाङको प्रशंसा गर्दै उनकै नेतृत्वमा देशमा संविधान आएको बताए। 'उहाँ संविधानसभा अध्यक्ष भएर संविधान ल्याएको हो', पौडेलले भने, 'यो व्यवस्था ल्याउन नेम्वाङजीको धेरै ठूलो योगदान छ। उहाँको त्यो योगदानको हामीले प्रशंसा गर्नुपर्छ।'

    अर्कातिर नेम्वाङले पनि यो चुनाव जसले जिते पनि लोकतन्त्रले जित्ने बताए। 'मलाई लाग्छ हामी जो जिते पनि संविधान, लोकतन्त्र र कानुको शासनको पक्षमा हुनेछौँ', उनले भने, 'सिंगो देशलाई एकतावद्ध बनाएर जान्छौँ। मधेशदेखि हिमालसम्म एक बनाउँछौँ।'

    नेम्वाङले आफ्नो अध्यक्षतामा बनेको संविधानअन्तर्गत दुवैजना राष्ट्रपतिको निर्वाचनमा होमिएको बताए। 'उहाँ (पौडेल)  पनि लोकतन्त्रका लागि लामो समय लडेको व्यक्ति हो। हामी दुवैलाई एकअर्काको शुभेच्छा छ।'

    नेम्वाङले हारजितबारे भने आफू हिसाबको विद्यार्थी भएको बताउँदै तर राजनीतिको अंकगणित फरक रहेको तर्क गरे। ''हामी दुवैलाई शुभकामना छ', उनले भने। 

    प्रकाशित मिति :फाल्गुण २५ २०७९ बिहिवार - ११:३६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij