Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

इजरायल सरकारले पाँच सय नेपालीलाई केयर गिभरमा रोजगारी दिने

इजरायल सरकारले पाँच सय नेपालीलाई केयर गिभरमा रोजगारी दिने


  • 3.5K
    Shares

    इजरायल सरकारले पाँच सय नेपालीलाई केयर गिभरमा रोजगारी दिने

    काठमाडौँ । इजरायल सरकारले दोस्रो चरणमा पाँच सय जना नेपालीलाई मात्रै केयर गिभरमा रोजगारी दिने भएको छ । पहिलो चरणमा इजरायल गएकाबाहेक दोस्रो चरणमा एक हजार केयर गिभर लैजान नेपाल सरकारले इजरायल पक्षसँग अनुरोध गरे पनि दोस्रो चरणमा पाँच सय जनाको कोटा इजरायलले पठाएको हो ।

    वैदेशिक रोजगार विभागका अनुसार नेपालले यसअघि छनोटमा नपरेकालाई समेत लैजान गरेको अनुरोध गरेकामा इजरायल पक्षले अस्वीकार गर्दै आएको छ । विभागका निर्देशक एवं इजरायल जापान शाखाका प्रमुुख डम्बरबहादुर सुुनुुवारले अब पहिलो चरणमा छनोट हुन नसकेका युवाले सुरुबाट नै नयाँ प्रक्रिया पूरा गरेर आवेदन दिनुपर्ने बताए । 

    नेपालमा तत्काल रोजगारीको सम्भावना नभएको र विप्रेषण आयसमेत घट्दै गइरहेको भन्दै सरकारले थप नेपाली युवालाई रोजगारीका लागि इजरायल पठाउने योजनासहित थप एक हजार युवालाई रोजगारी दिन अनुरोध गरेको थियो तर इजरायल पक्षले पहिला सकारात्मक देखिए पनि तत्काल पाँच सय जना लग्ने गरी प्रस्ताव पठाएको विभागले जनाएको छ ।

     इजरायलमा केयर गिभरको सहायक श्रमिकमा जाने नेपालीले मासिक एक हजार छ सय अमेरिकी डलर पारिश्रमिक पाउँदै आएका छन् ।  यो समाचार गोरखापत्र दैनिकमा छ ।

    प्रकाशित मिति :फाल्गुण २५ २०७९ बिहिवार - ०६:५२:४७ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij