Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि, सांसदहरुलाई पनि बोलाइयो

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि, सांसदहरुलाई पनि बोलाइयो


  • 1.9K
    Shares

    जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि, सांसदहरुलाई पनि बोलाइयो
    images

    काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले बिहीबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । उपराष्ट्रपतिको उम्मेदवार, समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । 

    पार्टी कार्यालय बालकुमारी बस्ने बैठक दिउँसो ३ बजे शुरु हुने छ । जसपाले बिहीबार बिहान सांसदहरुलाई बालकुमारीमा उपस्थित हुन भनेको छ । पार्टी कार्यालयमा भेला भएर राष्ट्रपतिको उम्मेदवारलाई मत हाल्न जाने कार्यक्रम छ । बिहान ९ बजे उपस्थित हुन सबै सांसदहरुलाई सूचित गरिएको छ । 

    जसपाका संघीय सांसद १४ र प्रदेश सांसदहरु २२ गरी ३६ सांसदहरु छन् । प्रतिनिधि सभा समानुपातिकतर्फको एक स्थान रिक्त छ । 

    प्रकाशित मिति :फाल्गुण २४ २०७९ बुधवार - १६:३०:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij