२०८२ माघ १४ गते बुधवार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समवेदना दिन पुगेका छन्।
अध्यक्ष नेपालका भाइसमेत रहेका समाजवादी पार्टीका केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको निधन भएको थियो।
अध्यक्ष ओली अध्यक्ष नेपाललाई समवेदना दिन बुधबार शंखमूलस्थित किरियापुत्री भवनमा पुगेका हुन्। गत शनिबार सरोजकुमारको निधन भएको थियो।
शंखमूलस्थित बबिन्स क्याफेको छैटौं तलाबाट खसेर गम्भीर घाइते भएका सरोजकुमारको उपचारका क्रममा निधन भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij