२०८२ माघ १४ गते बुधवार
राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ।
बैठकमा राष्ट्रपति निर्वाचनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
बिहीबार राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ। राप्रपाले राष्ट्रपति निर्वाचनमा के गर्ने निर्णय लिन बैठक गरेको हो।
राष्ट्रपति निर्वाचनमा मतदान गर्नुपर्ने, मतदान गर्न नहुनेजस्ता तर्क राप्रपाभित्र छन्। नेताहरूका धारणा लिएर सर्वसम्मत रूपमा निर्णयमा पुगिने राप्रपाको भनाइ छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij