Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

एमाले नेता बस्नेत भेट्न गुण्डु पुगे मेयर बालेन, बालेनले राखे सहकार्यको प्रस्ताव

एमाले नेता बस्नेत भेट्न गुण्डु पुगे मेयर बालेन, बालेनले राखे सहकार्यको प्रस्ताव


  • 2.4K
    Shares

    एमाले नेता बस्नेत भेट्न गुण्डु पुगे मेयर बालेन, बालेनले राखे सहकार्यको प्रस्ताव

    काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतबीच भेटर्वाता भएको छ ।

    आज विहान मेयर शाह बस्नेत भेट्न उनको निवास भक्तपुरस्थित गुण्डु पुगेका हुन् । भेटमा शाहले विगतको असमझदारीलाई टुंगाएर सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेको नेता बस्नेतले बताए ।

    बालेनको प्रस्तावपछि आफूले सकारात्मक काममा सहयोग र सहकार्य गर्न तयार रहेको जवाफ दिएको उनले बताए।

    मेयर शाहले एमाले नेता बस्नेतको घरमा लन्चसमेत गरेका छन् । उनले सूर्यविनाय नगरपालिकामा भइरहेको विकास निर्माणका कार्यको अवलोकनसमेत गरेका छन् ।

    प्रकाशित मिति :फाल्गुण २४ २०७९ बुधवार - १४:४०:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij