Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


  • 1.6K
    Shares

    राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो एक बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल हुने छ ।

    राष्ट्रपति पदको निर्वाचन फागुन २५ गते बिहीबार हुँदैछ । निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन् ।

    राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषयमा आज बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    राप्रपामा राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने आवाज उठेको छ । तटस्थ बस्नुपर्छ भन्ने पक्षमा ज्ञानेन्द्र शाही लगायतका नेताहरु छन् । तर शाहीले यसबारे प्रतिक्रिया दिन मानेनन् । अर्का एक नेताले भने अधिकांश नेताहरु तटस्थ बस्नुपर्छ भन्ने पक्षमा रहेको बताए । ‘तर बैठकले के निर्णय गर्छ हेरौं,’ ती नेताले भने ।

    यद्यपि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरु भने कुनै एक उम्मेदवारलाई मत दिनुपर्छ भन्ने पक्षमा छन् । प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा लिङ्देनको नेतृत्वमा सहभागी भएको थियो । तर सत्ता समीकरणमा फेरबदल आएपछि राप्रपाले सरकारबाट बाहिरिंदै समर्थन पनि फिर्ता लिएको थियो ।

    एमालेको समेत समर्थनमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्ड राष्ट्रपतिको उम्मेदवार कांग्रेसलाई दिनुपर्ने पक्षमा उभिएपछि राप्रपाले फागुन १३ गते सरकार छाडेको थियो । राष्ट्रपतिका उम्मेदवारद्वय पौडेल र नेम्वाङ दुवैले हालै राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरुलाई भेटेर भोट मागेका थिए । तर अहिलेसम्म राप्रपाका नेताहरु कतै खुलेका छैनन् ।

    संघीय संसदमा राप्रपाका १४ र प्रदेश सभामा २८ सांसद छन् । राष्ट्रपति निर्वाचनमा उसको कूल मतभार २ हजार ४५० छ ।

     

    प्रकाशित मिति :फाल्गुण २४ २०७९ बुधवार - ११:३१:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij