Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

चर्को दबाबपछि तीन बैंकले घटाए कर्जाको ब्याजदर, कुनको कति ?

चर्को दबाबपछि तीन बैंकले घटाए कर्जाको ब्याजदर, कुनको कति ?


  • 2.9K
    Shares

    • images
    चर्को दबाबपछि तीन बैंकले घटाए कर्जाको ब्याजदर, कुनको कति ?

    काठमाडाैं । तीन बैंकले प्रिमियम घटाएर ब्याजदरमा राहत दिने निर्णय गरेको छ। नेपाल राष्ट्र बैंकको नीतिअनुसार चैत्र मसान्तमा मात्रै ब्याजदर घटाउन पाउने भएपनि प्रिमियम भने घटाएर राहत दिन सक्नेछन् ।

    सानिमा बैंक र सिटिजन्स बैंकले यसअघि प्रिमियम घटाएर ब्याजदर घटाईसकेको छ भने एभरेष्ट बैंकले पनि ऋणीहरुलाई राहत दिन सोही उपाय अवलम्वन गरेको हो ।

    सानिमा बैंकले २ प्रतिशत, एभरेष्ट बैंकले १ प्रतिशत र सिटिजन्स बैंकले २ प्रतिशत ब्याजदर घटाएर ऋणीहरुलाई राहत दिएको छ।चर्कोब्याजदरको मारमा परेका सर्वसाधारणहरुले बैंकहरुका विरुद्धमा सम्झौताहिन आन्दोलन अघि बढेपनि बैंकर्स संघले भने ब्याजदर नघटाउन बैंकहरुलाई कडा निर्देशन दिँदै आन्दोलनको विरुद्धमा बक्तव्यबाजी गरिरहेको छ । तर, यी तीन बैंकले भने ऋणीहरुलाई राहत दिएको छ।

    ब्याजदर उच्च हुँदा कर्जा लगानी हुन नसकेपछि पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्न थालेको छ। वाणिज्य बैंकहरुले ऋणीहरुलाई ब्याजदर घटेको जानकारी दिन सुरु गरेका छन्।त्यसो त बैंकरहरुले बैंकहरुको ब्याजदर विस्तारै घट्दै जाने बताउँदै आएका थिए।

    प्रकाशित मिति :फाल्गुण २३ २०७९ मंगलवार - १४:४३:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij