Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

आठदलीय गठबन्धनको बैठक २ बजे बस्दै‚ शक्ति बाँडफाँटबारे छलफल हुने

आठदलीय गठबन्धनको बैठक २ बजे बस्दै‚ शक्ति बाँडफाँटबारे छलफल हुने


  • 1.6K
    Shares

    आठदलीय गठबन्धनको बैठक २ बजे बस्दै‚ शक्ति बाँडफाँटबारे छलफल हुने
    images

    आठदलीय गठबन्धन कार्यदलको बैठक आज (मंगलबार) केही बेरमा बस्ने भएको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा दिउँसो २ बजे कार्यदलको बैठक बस्न लागेको हो ।

    बैठकमा आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे छलफल हुने बताइएको छ । यसैगरी बैठकले शक्ति बाँडफाँटको विषयमा समेत छलफल गर्नेछन् ।

    कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा ८ दलका दोस्रो तहका नेताहरू सहभागी छन् ।

    एमालेको सहयोगमा १० पुसमा प्रधानमन्त्री बनेका दाहालले राष्ट्रपति निर्वाचनको मुखमा कांग्रेससँग गठबन्धन गरेका छन् । हाल सो गठबन्धनमा कांग्रेस र माओवादीसहित नेकपा एस, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।

    राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा लगाइएको आचारसंहिता निष्क्रिय हुने बित्तिकै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ । हाल एमाले, राप्रपा र रास्वपाले छोडेका १६ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालले लिएका छन् भने सरकारमा माओवादी र जनमत पार्टीमात्रै छन् ।

     

    प्रकाशित मिति :फाल्गुण २३ २०७९ मंगलवार - १३:५०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij