Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

जनकपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

जनकपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


  • 1.5K
    Shares

    जनकपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
    images

    जनकपुरमा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्युु हुनेमा सिरहाको कर्जन्हा नगरपालिका ७ प्रेमनगर बस्ने धनवीर रायकी श्रीमती ६५ वर्षीया  ईश्वर देवी राय छन् ।

    धनुषाका प्रहरी प्रवक्ता डीएसपी वेद प्रसाद गौतमका अनुसार आज बिहान साढे ६ बजेको समयमा जनकपुर- ढल्केबर सडकखण्डअन्तर्गत मुजेलियामा बाटो काट्ने क्रममा ज६प २२१७ नम्बरको मोटरसाइकलले महिलालाई ठक्कर दिएको थियो ।

    महिलाको उपचारको क्रममा प्रादेशिक अस्पतालङ्गा साढे ७ बजे मृत्यु भएको हो । शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ ।

    मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण २३ २०७९ मंगलवार - १३:४०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij