२०८२ मंसिर ५ गते शुक्रवार
काठमाडौं । क्रिकेटरसमेत रहेका श्रीमान् शरद भेषावकरविरुद्ध अंश मुद्दा हालेकी निशा अधिकारीले उनको सम्पत्ति रोक्काको माग गरेकी छन् ।
निशाले आइतबार काठमाडौं जिल्ला अदालतमा शरदको सम्पत्ति रोक्काका लागि निवेदन दिएकी हुन् ।
निशाले हालेको अंश चलनको मुद्दामा काठमाडौं जिल्ला अदालतले शरदको नाममा रहेको सम्पत्तिको फाँटबारी झिकाउने आदेश गरेको थियो । अंश मुद्दासँगै निशाले सम्पत्ति रोक्काको निवेदन पनि दिएकी हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij