२०८२ मंसिर ५ गते शुक्रवार
लोकगायक राजेन्द्र लम्सालको ६० वर्षको उमेरमा निधन भएको छ। स्पेनमा बस्दै आएका उनी केही महिनादेखि नै अस्वस्थ थिए। सोमबार उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
राजेन्द्रको ‘जापान टोकियो’ गीतले निकै लोकप्रियता कमाएको थियो। उनका दर्जनौं गीत (‘डोरीको तीन फुदा’, ‘वालिङ फिरफिरे’, ‘शिरमा रिबन सलको पछ्यौरी’, ‘भीरको टुनी हो लगायत) चर्चित छन्।
राजेन्द्र अहिलेका चर्चित कलाकार सागर लम्साल (बले)का बुबा समेत हुन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij