Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

सकियो माओवादी धारका नेताहरूको बैठक, के भयो कुराकानी?

सकियो माओवादी धारका नेताहरूको बैठक, के भयो कुराकानी?


  • 1.8K
    Shares

    सकियो माओवादी धारका नेताहरूको बैठक, के भयो कुराकानी?
    images

    प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको माओवादी धारका नेताहरूको बैठक सकिएको छ। ‍

    प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान करिब सवा ९ बजेबाट बसेको बैठक केहीबेरअघि सकिएको प्रचण्डको सचिवालयले जनाएको छ।

    सचिवालयका अनुसार करिब एक घन्टाभन्दा बढी चलेको बैठकमा माओवादी सशस्त्र द्वन्द्वका बेलाका मुद्दाहरूलाई अदालतबाट उठाउन थालिएको विषयमा छलफल भएको हो।

    बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, डा. बाबुराम भट्टराई, सिपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरूङ, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोक, हेमन्तप्रकाश ओलीलगायत सहभागी भएका थिए।

    आइतबार सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले काठमाडौँमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तर्क्रियामा बोल्दै माओवादी शक्ति एकजुट हुनुपर्ने बताएका थिए।

    सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएसँगै माओवादीभित्र हलचल मच्चिएकाे छ। सर्वोच्च अदालतले प्रधानमन्त्री दाहालविरुद्ध सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएकाे प्रति नेकपा माओवादी केन्द्रले आपत्ति जनाएकाे थियाे।

    यस विषयमा उनीहरूले संयुक्त विज्ञप्ति पनि जारी गरेका छन्।

    प्रेस विज्ञप्ति:

    प्रकाशित मिति :फाल्गुण २३ २०७९ मंगलवार - ११:१०:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij