Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

माछापुच्छ्रे बैंक र बहरेनको लुलु एक्सचेन्जबीच सम्झौता

माछापुच्छ्रे बैंक र बहरेनको लुलु एक्सचेन्जबीच सम्झौता


  • 2.6K
    Shares

    माछापुच्छ्रे बैंक र बहरेनको लुलु एक्सचेन्जबीच सम्झौता

    माछापुच्छ्रे बैंक लिमिटेडले लुलु एक्सचेन्ज बहरेनसँग व्यवसायिक सम्झौता गरेको छ। 

    बहरेनमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन अझ सहज होस् भन्ने उद्देश्यका साथ यो सम्झौता गरिएको बैंकले जनाएको छ। 

    उक्त सम्झौतापत्रमा लुलु एक्सचेन्जको तर्फबाट महाप्रबन्धक एडिसन फर्नान्डेज  तथा माछापुच्छ्रे बैंक लि.को तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापाले हस्ताक्षर गरे। उक्त सम्झौतापश्चात् बहरेनमा बस्ने नेपालीहरुले लुलु एक्सचेन्जको १६ वटा काउन्टरबाट नेपालमा पठाएको रेमिट्यान्स नेपालमा रहेका माछापुच्छ«े बेंक लि. का जुनसुकै शाखा तथा रेमिट्यान्स एजेन्टबाट सजिलै भुक्तानी लिन सकिनेछ। 

    बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटीएममार्फत १४ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

    प्रकाशित मिति :फाल्गुण २१ २०७९ आइतवार - १८:२२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij