Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

बालुवाटारमा शुरू भयो सत्ता पक्षका आठ दलको बैठक

बालुवाटारमा शुरू भयो सत्ता पक्षका आठ दलको बैठक


  • 1.8K
    Shares

    बालुवाटारमा शुरू भयो सत्ता पक्षका आठ दलको बैठक
    images

    राष्ट्रपति चुनावका लागि एकजुट भएका ८ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ । राष्ट्रपति चुनाव नजिकिँदै जाँदा त्यसको तयारी, भावी सत्ता समीकरण लगायतका विषयमा छलफल गर्न बैठक शुरू भएको हो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, अर्का पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलसहित ८ दलका नेताहरू सहभागी छन् ।

    कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एस, जनमत, नागरिक उन्मुक्ति, लोसपा र राष्ट्रिय जनमोर्चा राष्ट्रपति चुनावपछि सरकारमा पनि एक साथ अगाडि बढ्ने तयारीमा छन् ।

    वर्तमान सरकारबाट नेकपा एमाले, रास्वपा र राप्रपा बाहिरिसकेकाले नयाँ समीकरणका लागि बाटो खुलेको छ ।राष्ट्रपति चुनावलगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी छ ।

    प्रकाशित मिति :फाल्गुण २१ २०७९ आइतवार - १६:५२:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij