Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

मुख्यमन्त्री शाहले पाए दुई तिहाइ सदस्यको विश्वासको मत

मुख्यमन्त्री शाहले पाए दुई तिहाइ सदस्यको विश्वासको मत


  • 2.1K
    Shares

    मुख्यमन्त्री शाहले पाए दुई तिहाइ सदस्यको विश्वासको मत
    images

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दुई तिहाइ बहुमतका साथ विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको आज आह्वान गरेको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ प्रदेश सभा सदस्यहरुको विश्वासको मत प्राप्त गरेका हुन् । 

    प्रदेश सभामा मुख्यमन्त्री शाहले आफ्नो दल कांग्रेसका १९ (आफूसहित), नेकपा माओवादी केन्द्रका १० (सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र प्रदेश सभा सदस्य गरी ४१ जनाले विश्वासको मत दिएका हुन् ।

    ५३ सदस्यीय रहेको प्रदेश सभामा नेकपा एमालेका १० जना (उपसभामुख समेत) र राप्रपाका १ जना प्रदेश सभा सदस्य प्रतिपक्षमा बस्दै मुख्यमन्त्री शाहलाई विश्वास मत नदिएका हुन् ।

    संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बनेका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावलले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसक्दा उनी नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा शाह नियुक्त भएका हुन् । उनी माघ २६ गते नियुक्त भएका थिए ।

    प्रकाशित मिति :फाल्गुण २१ २०७९ आइतवार - १६:१८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij