२०८२ माघ १४ गते बुधवार
आइतबार काठमाडौंमा भएको एउटा कार्यक्रममा तत्कालीन नेकपा (माओवादी) का नेताहरू सबै एकै मञ्चमा देखिएका छन्।
जनयुद्ध ,शहिद तथा बेपत्ताको योगदान र नेतृत्व दायित्व विषयक अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत अरू नेताहरू सहभागी भएका छन्।
अन्तर्क्रियामा प्रचण्ड, भट्टराई, विप्लव, धर्मेन्द्र बास्तोला, कर्णजित बुढाथोकी लगायतले सम्बोधन गर्ने कार्यक्रममा छ।

तत्कालीन माओवादीमा रहेका नेताहरू धेरैपछि एकै मञ्चमा रहेका हुन्। भट्टराई नेतृत्वको समाजवादी पार्टीले गत निर्वाचनमा माओवादीको चुनाव चिन्ह लिएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij