२०८२ फाल्गुण २६ गते मंगलवार
दीपक र दीपाको फिल्म 'छक्का पन्जा ४' ले बक्स अफिसमा आक्रमक कमाइ गरिरहेको छ। वितरक मनोज राठीका अनुसार फिल्मले दुई दिनमा ३ करोडभन्दा बढी कमाइ गरेको छ।
‘पहिलो दिन १ करोडमाथि कमाइ गरेको छ भने दोस्रो दिन १ करोड ७५ लाखभन्दा बढी कमाएको छ। फिल्मले कुन ठाउँबाट कति कमायो भन्ने आउन बाँकी छ,’ उनले भने।
शुक्रबार १ करोडमाथि ओपनिङ गरेको फिल्मले दोस्रो दिन राम्रो व्यापार गरेको हो। फिल्मले राम्रो कमाइ गरेसँगै मल्टिप्लेक्स चेनमा शो थप गरिएको छ।
हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ। फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन्।
नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्। दिपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको फिल्मका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij