२०८२ माघ १४ गते बुधवार
सत्तारुढ आठ दलीय गठबन्धनको बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपरान्ह ४ बजे गठबन्धनको बैठक बस्न लागेको हो।
पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक आह्वान गरिएको बताइएको छ। साथै, सरकारमा सहभागी हुने बारेमा आजको बैठकमा छलफल हुनेछ।
राष्ट्रपति निर्वाचन आगामी २५ फागुनमा हुँदैछ। राष्ट्रपतिका लागि एमालेबाट सुवास नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन्।
पौडेललाई आठ दलीय गठबन्धनको साथ छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij