Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

माधव नेपालप्रति ओलीको टिप्पणी- राष्ट्रपति खानु भन्दा कांग्रेसलाई सोध्न गए

माधव नेपालप्रति ओलीको टिप्पणी- राष्ट्रपति खानु भन्दा कांग्रेसलाई सोध्न गए


  • 1.8K
    Shares

    माधव नेपालप्रति ओलीको टिप्पणी- राष्ट्रपति खानु भन्दा कांग्रेसलाई सोध्न गए

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गर्दा माधव नेपालले कांग्रेससँग सोध्न गएको भन्दै व्यंग्य गरेका छन्। 

    शनिबार आयोजित एक कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै व्यंग्य गरेका हुन्। उनले आठ दलको विचार, दिशा नभएको पनि बताए।

    ‘राष्ट्रपति खानु भन्दाखेरी कांग्रेसलाई सोधेर आउँछु भनेर रामचन्द्र पौडेलकहाँ सोध्न गए- रामचन्द्रले होइन मलाई नै चाहिन्छ भने,’ उनले भने, ‘आठ दलको बैठकमा उहाँ (नेपाल) ले मलाई केपी कमरेडले भेट्नुभयो। कुरा राम्रो छ, राष्ट्रको बारेमा चिन्ता गर्नुभयो भनेर लामै बोल्नुभयो।’

    उनले थपे, ‘ बैठकमै लामो कुरा नगर्नुस् न, राष्ट्रपतिमा हामी एक जुट भएर जानुपर्‍यो नि भन्दा हैन त्यो त रामचन्द्र जीलाई छँदैछ नि। त्यसमा त म सहमत नै छु रे। हेर बुद्धि!’

    एमालेलाई प्रमुख पार्टी बनाउन नहुने भन्दै आठ दलमा छलफल भएको पनि उनले बताए। 

    प्रकाशित मिति :फाल्गुण २० २०७९ शनिवार - १५:१०:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij