Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

मिटर ब्याजमा फसे पछि भक्तपुरका श्याम तिमिल्सिनाले गरे आत्महत्या

मिटर ब्याजमा फसे पछि भक्तपुरका श्याम तिमिल्सिनाले गरे आत्महत्या


  • 4.8K
    Shares

    मिटर ब्याजमा फसे पछि भक्तपुरका श्याम तिमिल्सिनाले गरे आत्महत्या

    भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर ८ सुडालका एक युवाले आत्महत्या गरेका छन् ।

    लामो समय देखि घर जग्गाको कारोबारमा संलग्न रहँदै आएका श्याम तिमिल्सिनाले विभिन्न व्यक्तिसँग पैसा लिएको तर तिर्न नसके पछि आत्महत्या गरेको पाइएको हो। मिटर व्याजीले एक लाखको मासिक ८ हजारदेखि १५ हजारसम्म व्याज लगाउन थालेपछि उनी आत्महत्या नै गर्न बाध्य भएको उनका आफन्तले बताएका छन् ।

    करिब ७ करोड भन्दा बढी पैसा उनले मिटर ब्याजमा बजारबाट लिएको देखिएको छ । आफ्नो फसेको रकम असुल्न लिएको ऋणले उनलाई मृत्युको बाटोमा पुर्‍याएको हो ।

    तिमिल्सिनाले विष सेवन गरी आत्महत्या गरेका हुन् । उनका स-साना तीन सन्तान रहेका छन्। तिमिल्सिनाको मृत्यु पछि अब ऋण दिने मिटरव्याजीले दुःख दिने भन्दै परिवारमा त्रास फैलिएको छ । -न्युजकारखानाबाट

    प्रकाशित मिति :फाल्गुण १९ २०७९ शुक्रवार - १०:०२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij