Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

ओलीले संसद विघटन ठीक भनेपछि नयाँ विकल्प खोज्यौं : प्रधानमन्त्री

ओलीले संसद विघटन ठीक भनेपछि नयाँ विकल्प खोज्यौं : प्रधानमन्त्री


  • 1.9K
    Shares

    ओलीले संसद विघटन ठीक भनेपछि नयाँ विकल्प खोज्यौं : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा संसद विघटन ठिक थियो भन्ने अभिमत आएपछि नयाँ विकल्प खोजेको बताएका छन्। 

    बिहीबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन आठ दलका सांसदहरूको संयुक्त भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्रीले पुस २६ गतेको प्रतिनिधिसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यक्त विचारले आफूहरूलाई सोच्न बाध्य बनाएको बताए।

    'अघिल्लोपटक संविधानविपरीत संसद विघटन भएपछि हामी सबै संविधान र लोकतन्त्रको पक्षमा उभियौँ। संसद पुनर्स्थापना गर्न सडकसम्म गयौँ', उनले भने, 'हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका लागि थियो। विकास र समृद्धिको जनचाहना सम्बोधन गर्न थियो। तर, हामी केही अलमलियौँ, अब ठीक ठाउँमा आएका छौँ। गठबन्धन सुदृढ बनाएर अघि बढ्छौँ।'

    उनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा १० दलको समर्थन रहेको बताए। 'रामचन्द्रजीलाई आठ दलको मात्रै होइन, १० दलको समर्थन छ। गठबन्धनका साथै आम जनता र नेपाल समाजवादी पार्टीको पनि समर्थन छ', उनले भने, 'स्वतन्त्र सांसदहरूको पनि समर्थन छ। उहाँले निर्वाचन जितिसक्नुभएको छ। यो लोकतन्त्र र संविधानको हितमा छ।' उनले बालुवाटारको पछिल्लो वार्तामा गम्भीरतासाथ ओलीलाई सहमहतिमै राष्ट्रपतिको उम्मेदवार उठाऊँ भनेको स्मरण गरे।

    'देश अप्ठ्यारो परिस्थितिमा छ। तपाईं र म मिलेर नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा प्रस्ताव गरौँ, मिलेर राष्ट्रिय सहमतिको वातावरण बनाऊँ भनेको थिएँ', उनले भने, 'तर, उहाँले मान्नुभएन। त्यसपछि हामी अधिकतम् सहमतिका साथ आजको परिस्थितिमा छौँ।'

    उनले आफ्ना लागि प्रधानमन्त्री पद ठूलो कुरा नभएको बताए।

    'संविधान र लोकतन्त्रको रक्षा ठूलो कुरा हो। पुस २६ गतेको संसदमा केपीजीले हिजो संसद विघटन गर्नु ठिक थियो भन्नुभयो। हामी संसद विघटनको विपक्षमा थियौँ। हामी आफैँले त्यत्रो संघर्ष गरेर संसद फिर्ता ल्याएका थियौँ। तर, उहाँले ठिक गरेका थियौँ भनेपछि हामी सोच्न बाध्य भयौँ', उनले भने, 'संविधान र लोकतन्त्रविरूद्ध जाने कुरा भएन। सोच्न बाध्य भयौँ। नयाँ परिस्थिति बन्यो। आज फेरि संविधान र लोकतन्त्रको रक्षाका लागि एकठाउँ उभिएका छौँ।'

    प्रचण्डले राष्ट्रपतिमा जितेपछि पौडेलले संविधान र लोकतन्त्रको रक्षाका निम्ति अभिभावकीय भूमिका खेल्नने बताए। 

     

    प्रकाशित मिति :फाल्गुण १८ २०७९ बिहिवार - १६:५२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij