२०८२ माघ १४ गते बुधवार
नेकपा एमालेका नेताहरु राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङको पक्षमा भोट माग्न एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालकहाँ पुगेका छन्।
बिहीबार मध्यान्ह एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङसहित पाँचजना नेताहरु समाजवादीको आलोकनगरस्थित पार्टी कार्यालय पुगेका हुन्।यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि एमाले एक्लै चुनावी मैदानमा छ।
उता एकीकृत समाजवादीले पुरानै पाँच दलीय गठबन्धनमा फर्किँदै राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सघाउने निर्णय लिइसकेको छ।
समाजवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरिसकेको अवस्थामा नेम्वाङसहितका एमाले नेताहरु नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन्।
अहिले नेपाल निवासमा एमाले उपाध्यक्ष विष्णु पौडेल, राष्ट्रपतिका उम्मेदवार नेम्वाङ, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव रघुवीर महासेठ र निवर्तमान परराष्ट्रमन्त्री विमला राई पौडेल पुगेका हुन्।
ुअहिले दुई पक्षबीच वार्ता चलिरहेको छ। एमालेका पाँच नेता आउनु भएको छु, माधव नेपालनिकट एक नेताले भने, ुउहाँहरुले राष्ट्रपति निर्वाचनका लागि भोट माग्न आएको बताउनु भएको छ। अहिले वार्ता चलिरहेको छ।ु
नेपालसहित उपाध्यक्ष प्रमेश हमाल महासचिव डा। वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झा एमाले नेताहरुसँगको छलफलमा छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij