Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

एमालेमा फर्कन वामदेवलाई ओलीको प्रस्ताव, ७० वर्षे प्रावधान हटाउन गौतमको आग्रह

एमालेमा फर्कन वामदेवलाई ओलीको प्रस्ताव, ७० वर्षे प्रावधान हटाउन गौतमको आग्रह


  • 2.2K
    Shares

    एमालेमा फर्कन वामदेवलाई ओलीको प्रस्ताव, ७० वर्षे प्रावधान हटाउन गौतमको आग्रह

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता वामदेव गौतमलाई एमालेमा फर्कन आग्रह गरेका छन् ।

    राष्ट्रपति निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मत माग्न बुधवार दिउँसो गौतमकै निजी निवास भैंसेपाटी पुगेका ओलीले राष्ट्रपतिमा नेम्वाङलाई मत माग्नुका साथै एमालेमा फर्कन आग्रह समेत गरेका हुन् ।

    ओलीले भने, ‘राष्ट्रपति निर्वाचनमा तपाईँले भोट त सुवासलाई नै दिनुहुन्छ । यसमा अरु कुरै भएन, एमाले पार्टी पनि तपाईँकै हो, नेकपा एमाले तपाईँले नै निर्माण गरेको पार्टी हो । तपाई अब पार्टीमा फर्कनुस् ।’ गौतमले भने एमालेमा राखिएको ७० वर्षे प्रावधान अवरोध रहेकाले त्यसलाई हटाउन अनुरोध गरे ।

    गौतमले भने, ‘७० वर्षे उमेर हद जो राखिएको छ त्यो अवरोध नहटाई अघि बढ्न सकिँदैन । पहिला त्यो प्रावधान हटाउनुस् भनेको छु । उहाँले म यो मिलाउँछु भन्नुभएको छ कति मिलाउनुहुन्छ त्यो हेर्न बाँकी छ ।’

    एमालेको विधानअनुसार ७० वर्ष उमेर पुगेका कुनै पनि नेतालाई कार्यकारी पदमा रहन वा पार्टीको चुनाव लड्न निषेध गरिएको छ ।

    तत्कालीन नेकपा विभाजनपछि गौतम एकता राष्ट्रिय अभियान नामक पार्टी गठन गरेर छुट्टै गतिविधि सञ्चालन गर्दै आएका छन् ।

    प्रकाशित मिति :फाल्गुण १७ २०७९ बुधवार - १६:५६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij