Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

अध्यक्ष ओली र नेता गौतमबीच एक्लाएक्लै भेटवार्ता

अध्यक्ष ओली र नेता गौतमबीच एक्लाएक्लै भेटवार्ता


  • 1.7K
    Shares

    अध्यक्ष ओली र नेता गौतमबीच एक्लाएक्लै भेटवार्ता
    images

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेता बामदेव गौतमबीच भेटवार्ता भएको छ । नेता गौतम निवासमा आज बुधबार उहाँहरुबीच एक्लाएक्लै भेटवार्ता भएको हो । 

    नेता गौतमका स्वकीय सचिव दीपक टमटाका अनुसार दुई नेताबीच करिब एक घण्टा एक्लाएक्लै छलफल भयो । अध्यक्ष ओली नेता गौतमलाई भेट्न उहाँको भैसेपाटीस्थित निवास पुग्नुभएको उहाँले बताउनुभयो । दिउँसो २ः२१ बाट सुरुभएको भेट साढे ३ बजेसम्म भएको स्वकीय सचिव टमटाले बताउनुभयो ।

    लामो समयपछि दुई नेताबीच गम्भीर छलफल भएको टमटाले बताउनुभयो । वर्तमान राजनीतिक विषय तथा राष्ट्रपति निर्वाचनका विषयमा केन्द्रित भएर दुई नेताबीच छलफल भएको हुन सक्ने टमटाले बताउनुभयो । एक्लाएक्लै छलफल भएकाले सबै विषय बाहिर जानकारीमा नआएको उहाँको भनाइ छ । 

    नेता गौतम लामो समयदेखि बाम दलबीचको एकताका लागि अभियान चलाउँदै आउनुभएको छ । राष्ट्रिय सभाका सदस्य समेत रहनुभएका नेता गौतमले मुलुकको समृद्धिका लागि बाम एकता आवश्यक रहेको बताउँदै आउनुभएको छ । 

    प्रकाशित मिति :फाल्गुण १७ २०७९ बुधवार - १६:३४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij