Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

नामकरण गर्न प्रदेश १ मा बैठक सुरु

नामकरण गर्न प्रदेश १ मा बैठक सुरु


  • 2.0K
    Shares

    नामकरण गर्न प्रदेश १ मा  बैठक सुरु

    प्रदेश १ को प्रदेश सभा बैठक शुरु भएको छ। बैठकमा प्रदेशको नामाकरण टेबल गर्ने कार्यसूची छ।

    नेकपा (एमाले) र नेपाली कांग्रेसले संयुक्तरुपमा प्रदेशको नाम कोशी राख्नुपर्ने प्रस्ताव प्रदेश सभासमक्ष दर्ता गराएका छन्।

    एमालेका रामकुमार राना प्रस्तावक रहेको उक्त प्रस्तावलाई एमालेकै निरन राई र कांग्रेसका भूमि राजवंशीले समर्थन गरेका छन्। त्यसैगरी 'किरात–लिम्बुवान–सगरमाथा’ प्रदेश नामाकरण गर्नुपर्ने भन्दै अर्को प्रस्ताव दर्ता भएको छ। 

    नेकपा (एकीकृत समाजवादी) का सांसद तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रस्ताव र जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बूको समर्थनमा उक्त प्रस्ताव दर्ता भएको छन्। 

    प्रदेशको नामाकरणको टुंगो लगाउन प्रदेशसभाको दुई तिहाई मत आवश्यक पर्ने संवैधानिक व्यवस्था छ। प्रदेश १ मा ९३ सदस्यीय संसद छ। नामाकरणको टुंगो लगाउन ६३ मत चाहिन्छ।

    प्रदेश १ प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी १३, राप्रपा ६, एकीकृत समाजवादी ४ र जसपाका १ जना सांसद छन्।

    एमाले, माओवादी केन्द्र र कांग्रेस कोशी प्रदेश राख्न एक मत देखिएका छन्। दलको बैठकबाटै तीन दलले कोशी प्रदेशमा भोट हाल्ने निर्णय गरेका छन्।

    सत्तापक्ष र विपक्षी दलहरु नामका बारेमा एक मत देखिएपछि सहज रुपमा दुई तिहाई मत पुग्न सक्ने सम्भावना छ।

    प्रकाशित मिति :फाल्गुण १७ २०७९ बुधवार - १५:२६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij