Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

कोसी नामबाट पछि हट्यो कांग्रेस, फिर्ता लियो समर्थन

कोसी नामबाट पछि हट्यो कांग्रेस, फिर्ता लियो समर्थन


  • 1.8K
    Shares

    कोसी नामबाट पछि हट्यो कांग्रेस, फिर्ता लियो समर्थन
    images

    विराटनगर । नेपाली कांग्रेसले प्रदेश–१ को नाम कोसी राख्न गरेको आफ्नो समर्थन फिर्ता लिएको छ ।

    नेकपा एमालेले कोसी प्रदेश नाम राख्न गरेको प्रस्तावमा कांग्रेसले समर्थन जनाएको थियो । समर्थकमा कांग्रेस सांसद भूमिप्रसाद राजवंशी थिए । 

    नेकपा (माओवादी केन्द्र)ले समेत समर्थन गर्ने भनिएकोमा सो अनुसार नभएकाले कांग्रेसले समर्थनबाट नाम फिर्ता लिएको जानकारी दिएको छ । समर्थन फिर्ता गरेको निवेदन कांग्रेस दलको कार्यालयले प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ । 

    यता माओवादी केन्द्रले भने कौसीमै मतदान गर्ने संसदीय दलको बैठकबाट निर्णय गरेको सांसद गणेश उप्रेतीले जानकारी दिए ।

    नामको प्रस्ताव र सदनको कारवाहीबारे छलफल गर्न केहीबेरपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ ।
     

    प्रकाशित मिति :फाल्गुण १७ २०७९ बुधवार - १३:३५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij