Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

गौतमबुद्ध विमानस्थलमा जजिराले सातामा तीन उडान गर्दै, यस्तो छ उडान तालिका

गौतमबुद्ध विमानस्थलमा जजिराले सातामा तीन उडान गर्दै, यस्तो छ उडान तालिका


  • 1.9K
    Shares

    गौतमबुद्ध विमानस्थलमा जजिराले सातामा तीन उडान गर्दै, यस्तो छ उडान तालिका
    images

    काठमाडौं । जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा २५ फागुनदेखि पुनः उडान सुरू गर्ने भएको छ ।

    कम्पनीले बुधबार उडान तालिका सार्वजनिक गरेको छ । जजिरा एयरवेजले २५ फागुन २०७९ देखि भैरहवाबाट सातामा तीन वटा उडान गर्ने गरी तालिका सार्वजनिक गरेको हो ।

    Gautam_Buddha_International_Airport_Banner.jpg

    जजिराले भैरहवाबाट कुबेतका लागि मंगलबार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८ः०५ बजे उडान भर्नेछ ।

    उडान तालिकाः

    कुवेतमा स्थानीय समय अनुसार बिहान १०ः५५ बजे अवतरण गर्ने छ । साथै जजिरा एयरवेजले भैरहवादेखि कुवेतसम्म २८ हजार ८३६ रुपैयाँको विशेष प्रारम्भिक एकतर्फी उडान भाडा कायम गरेको समेत जनाएको छ ।

    Jazeera-Airways-Gautam-Buddha-International-Airport-GBIA.jpg

    नेपालस्थित जजिरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेस्का अध्यक्ष रविचन्द्र सिंहले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालको समग्र पर्यटनमा सहयोग गर्ने जजिरा एयरवेजको प्रतिवद्धता अनुसार मध्यपूर्वमा पुनः सिधा उडान गर्न लागिएको हो ।

    प्रकाशित मिति :फाल्गुण १७ २०७९ बुधवार - १२:३५:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij