Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

प्रदेश १ को नाम आजै टुंगो लगाउने कार्यसूची

प्रदेश १ को नाम आजै टुंगो लगाउने कार्यसूची


  • 1.7K
    Shares

    प्रदेश १ को नाम आजै टुंगो लगाउने कार्यसूची
    images

    विराटनगर । प्रदेश १ को प्रदेशसभा सचिवालयले प्रदेशको नाममा आजै निर्णय गर्ने कार्यसूची बनाएको छ ।

    प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार संविधानको धारा २९५(२) बमोजिम आजको बैठकमा नामकरणका लागि प्रस्ताव पेस हुने र आजै निर्णय हुने कार्यसूची छ । प्रदेश सभाको पहिलो अधिवेशनको १३ औं बैठक आज दिउँसो बस्दैछ ।

    प्रदेश १ को नाम टुङ्गो लगाउन दलहरु सहमत छन् । नेपाली कांग्रेस र नेकपा एमालेले कोसी नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । माओवादी केन्द्रसहित साना दलले पहिचानसहितको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् ।

    प्रदेश सभा सचिवालयले सांसदहरूलाई प्रदेशको नामसम्बन्धी प्रस्ताव सचिवालयमा दर्ताका लागि पनि सूचना जारी गरेको छ ।

    प्रदेशसभा सचिव पराजुलीले आज बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्मको समय दिएर सचिवालयमा प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव पेस गराउन सूचना जारी गरेका छन् ।

    ९३ सदस्यीय प्रदेशसभामा नाम पारित गर्न दुई तिहाइ बहुमत चाहिन्छ । ४० सिटको नेकपा एमाले र २९ सिटको नेपाली कांग्रेस एक ठाउँमा उभिंदा दुई तिहाइ पुग्छ ।

    कांग्रेस एमालेले भूगोलका आधारमा कोसी नाम पारित गर्ने तयारी गरेपछि पहिचानसहितको नाम छलफलका लागि प्रस्ताव गर्ने माओवादीका एक सांसदले बताए ।

     

    प्रकाशित मिति :फाल्गुण १७ २०७९ बुधवार - १२:१७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij